‘मिडिया मुगल’ रुपर्ट मुर्डोख भेटिए छैठौं प्रेमिकासँग

काठमाडौं, साउन ३० । अमेरिकामा ‘मिडिया मुगल’ कै उपनाम पाएका ९२ वर्षीय चर्चित सञ्चार व्यवसायी रुपर्ट मुर्डोख फेरि अर्की महिलासँग भेटिएका छन् । उनीसँग एक समुद्री जहाजमा भेटिएकी महिला वैज्ञानिक एलिना जुकोवालाई मुर्डोखकी नयाँ प्रेमिका हुन् कि भनी अनुमान गरिएको छ ।

नयाँ ‘प्रेमिका’ सँग भेटिएपछि मुर्डोख फेरि सञ्चार माध्यमहरूको हेडलाइन बनेका छन् । अमेरिकी अनलाइन न्युज ‘ड्र्ज रिपोर्ट’ मा प्रकाशित समाचार अनुसार मुर्डोख एक त्यस्ता व्यक्ति हुन् जो आफूभन्दा आधा उमेरका महिलाहरूबाट उर्जा प्राप्त गर्छन् । शायद उनी फेरि अर्को प्रेममा परेका छन् ।

केही महिना अघि मात्रै मुर्डोख प्रेमिका लेस्ली स्मिथसँग छुट्टिएका थिए । ६६ वर्षीय लेस्ली दन्त विशेषज्ञ थिइन् । गत अगष्टमा मात्रै दुई बीच सम्बन्ध गाँसिएको थियो भने अबको केही महिनापछि नै बिहे गर्ने योजना पनि बनेको थियो ।

मुर्डोखसँग सम्बन्ध गाँस्ने बित्तिकै लेस्ली एकाएक चर्चामा आए । मिडियाले उनलाई पछ्याउन थाले । तर लेस्लीलाई यो मिडियाबाजी मन परेको थिएन । वा भनौँ, उनले यो सम्हाल्नै सकिनन् । त्यसैले बिहे गर्ने सहमतिबाट उनी पन्छिइन् ।

लेस्लीभन्दा अघि मुर्डोखको बिहे जेरी हलसँग भएको थियो । जेरी उनकी चौथी श्रीमती थिइन् । जेरीसँग उनको बिहे जम्माजम्मी छ वर्ष टिक्यो । कुनै सन्तान भएन । गत अगष्टमा उनीहरू बीच सम्बन्धबिच्छेद भयो । जेरी एक पूर्व मोडेल थिइन् ।

मुर्डोखको पहिलो बिहे प्याट्रिसिया बुकरसँग भएको थियो । सन् १९५६ मा भएको त्यो बिहे १९६७ मा गएर टुंगियो । प्याट्रिसियाबाट उनको एक मात्र सन्तान भए, छोरी प्रुडेन्स म्याकलियोड । उनी अहिले ६५ वर्षकी भइन् ।

प्याट्रिसियालाई छोडेकै साल मुर्डोखले दोस्रो बिहे गरे पत्रकार अन्ना मनसँग । अन्नाबाट उनको तीन सन्तान भए । छोरी एलिसावेथ (अहिले ५४ वर्ष), छोराहरू लोच्लान (अहिले ५१ वर्ष) र जेम्स (अहिले ५० वर्ष) । ३२ वर्षसम्म चलेको यो सम्बन्ध १९९९ मा गएर रोकियो । दुई बीच सम्बन्धविच्छेद भयो । यो सम्बन्धबिच्छेद हुँदा अन्नाले १ करोड डलर नगद सहित १ अर्ब ७० करोड डलर बराबरको सम्पत्ति हात पारेकी थिइन् । यसलाई संसारकै महँगो सम्बन्धविच्छेद भन्ने गरिन्छ ।

अन्नासँग सम्बन्धविच्छेद भएको केवल १७ दिन पछि नै मुर्डोखले वेण्डी देङसँग तेस्रो बिहे रचाए । वेण्डीसँग विवाह हुँदा मुर्डोख ६८ वर्षका थिए जब कि वेण्डी केवल ३० वर्ष । वेण्डीबाट उनी दुई छोरीका बाबु बने । वेण्डीपट्टिका छोरीहरू ग्रेस र चोली अहिले २२ र २० वर्षका भए । यो विवाह १४ वर्षसम्म चल्यो । सन् २०१३ को जुनमा यो पनि टुट्यो ।

त्यसपछि मुर्डोखले जेरीसँग चौथो बिहे गरेका थिए जुन कुनै सन्तान नभइकन छ वर्षसम्म चल्यो । जेरीसँग सम्बन्धबिच्छेद गरेपछि मुर्डोखले लेस्ली स्मिथसँग पाँचौं बिहे रचाउने घोषणा समेत गरिसकेको थियो । त्यो बिचमै टुंगियो ।

अब छैठौं प्रेमिकाका रुपमा एलिना जुकोवासँग मुर्डोख भेटिएका हुन् । एलिनासँगको उनको यो कुन तहको सम्बन्ध हो त्यो भने कसैलाई थाहा छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *