पूर्वराष्ट्रपति ट्रम्पको अदालती सुनुवाइको प्रत्यक्ष प्रसारण हुने

एजेन्सी, १५ भदाै । पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने भएकाे छ ।

एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलगाएत अन्य १८ जनाकाे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने जनाएकाे हाे ।

ट्रायल युट्युबमा लाइभ स्ट्रिम पनि हुने फुल्टन काउन्टी सुपीरियर कोर्टका न्यायाधीश स्कट म्याकफीले घोषणा गरेका छन् ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा जर्जिया राज्यमा भएको चुनावी धोखाधडी र आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनलाई हराउन ट्रम्पसहित १९ जनाले षड्यन्त्र गरेको अभियोगको सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने घोषणा भएको हो ।

बिहीबार दायर गरिएको अदालतको कागजातमा पूर्वराष्ट्रपति ट्रम्पले आरोपहरूको प्रकृति र अदालतमा उपस्थित हुने आफ्नो अधिकारलाई पूर्ण रूपमा बुझेको बताउनुभएको छ । यद्यपि उहाँले आफू दोषी नभएको दाबी गर्दै आफूविरुद्ध लगाइएका मुद्दा राजनीतिक रूपमा प्रेरित भएको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *