एमालेले नेम्वाङको निधनमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने, पार्टीकाे सबै कार्यक्रम स्थगित

काठमाडौं, २६ भदाै । नेकपा एमालेको आकस्मिक सचिवालय बैठकले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले शोकमा नेकपा एमालेले ३ दिनसम्म औपचारिक कार्यक्रम स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताउनुभयाे ।

आजको बैठकमा सचिवालयले नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ। ज्ञवालीका अनुसार शोकमा ३ दिनसम्म झन्डा आधा झुकाउने, शोक पुस्तिका राख्ने निर्णय भएको छ। साथै नेम्वाङको निर्वाचन क्षेत्रमा पनि शोक पुस्तिका राख्ने सचिवालयले निर्णय गरेको छ ।