भारतीकाे न्यायका लागि रिगललाई जेल चलान गर्नु पर्ने माग राख्दै माइतीघरमा प्रदर्शन
काठमाडौं, २४ असोज । संविधान दिवसको अवसरमा सरकारबाट कैद माफी पाएका रिगल भनिने योगराज ढकाललाई पुनः थुनामा राख्नुपर्ने माग गर्दै महिला अधिकारकर्मीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
महिला अधिकारकर्मीहरूले रिगलकाे कैद माफी फिर्ता गरी उनलाई जेल चलान गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
महिला अधिकारकर्मीहरूले सम्माननिय राष्ट्रपतिले संविधानको धज्जी उडाएका हुनाले आफूहरु प्रदर्शनमा उत्रिनु परेकाे बताएका छन् ।
मृतककी पत्नी भारती मानन्धर सरकारले कैद मिनाह फिर्ता गर्नुपर्ने भन्दै माइतीघरमा अनसन बसिरहेका छन् ।
रिगल भनिने योगराज ढकालमाथि २८ असार २०७२ मा नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरेर हत्या गरेको अभियोग छ ।