इजरायलबाट उद्धार भयाे थप १९ नेपाली
काठमाडौं, ३० असोज । विद्रोही हमास समूहकाे आक्रमणपछि इजरायलबाट स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको छ। सरकारले भारतीय विमानमार्फत् इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।
परराष्ट्रमन्त्री एनपी साउदले मंगलबार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत् थप १९ नेपालीको उद्धार गरिएको जानकारी दिनुभयाे ।
मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिनुभयाे ।
उद्धार गरिएका नेपालीहरूमा १. नन्दसिंह भुल, २. सुजेन्द्र खड्का, ३. प्रतिभा रौनियार, ४. अनुमा डंगोल, ५. हिना खाँण, ६. आतिस गुरुङ, ७. जुनु गुरुङ, ८. मौसमी पाख्रिन, ९. प्रतिमा तिम्सिना, १०. राजकुमार मानन्धर, ११. संगीता दुलाल, १२. उर्मिला रावल, १३. ममता थापा, १४. दिलकुमारी अधिकारी कार्की, १५. निश्चल श्रेष्ठ, १६. समिता बस्नेत, १७. अम्बिका सुवेदी, १८. सरिता गुरुङ, १९. उर्मिला श्रेष्ठ रहेका छन् ।
उनिहरूलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने र कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरुलाई सम्बन्धित स्थानमा पुर्याउने तयारी गरेको छ ।
यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज पठाएर २५४ नेपालीहरुलाई स्वदेश ल्याइएको थियो ।