भूकम्पमा परेर नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु

रुपन्देही, १८ कार्तिक । भूकम्पमा गम्भीर घाइते भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ।

हिजाे राती ११ः४७ मा गएको भूकम्पमा परेर गम्भीर घाइते हुनुभएका सिंहकाे राती निधन भएको जानकारी पाएको नलगाड नगरपालिका वडा नं २ का वडाध्यक्ष पुर्णबहादुर खत्रीले बताउनुभयाे ।

सिंह गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित हुनुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *