प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान अरुको मन जित्नमा खर्च भयो, आफ्ना देशका नागरिकले के सोच्छन् भन्नेमा होइनः विष्णु रिजाल

 

काठमाडौँ, १० मङ्सिर । नेकपा (एमाले) का नेता विष्णु रिजाल परराष्ट्र मामिलामा राम्रो दख्खल राख्ने व्यक्ति हुनुहुन्छ । उहाँले कुटनीतिका सन्र्दभमा बोलेका कुरा तथ्यपरक हुन्छन् । अझ बार र चीन अर्थात छिमेक कुटनीतिमा उहाँको अझ राम्रो दख्खल छ ।

उहाँले राष्ट्रको प्रतिनिधित्व गर्नेहरुले विदेश जाँदा गर्ने व्यवहार आफ्ना देशका जनताले के सोच्छन् भन्नेमा केन्द्रित हुनु पर्ने तर यो पटकको भ्रमण त्यसमा चुकेको उल्लेख गर्नुभएको छ ।

‘राष्ट्रको प्रतिनिधित्व गर्दै विदेश जाँदा नेताले प्रदर्शन गर्ने व्यवहारबाट आफ्नो देशका नागरिकले के सोच्छन् भन्ने कुरा हरदम ध्यानमा राख्नुपर्छ,’ पुरानो घटना उल्लखे गर्दै रिजालले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘घटना १९६६ को हो, भारतीय प्रधानमन्त्री इन्दिरा गान्धी पहिलो पटक अमेरिकाको भ्रमणमा गएकी थिइन् । त्यहाँका राष्ट्रपति लिन्डन जोन्सनले ह्वाइट हाउसमा भव्य रात्रिभोज दिएपछि नाच्नका लागि प्रस्ताव गरे ।’

उहाँले त्यहि घटनासँग सन्र्दभ जोडेर लेख्नुभएको छ– ‘इन्दिरा गान्धी आधुनिक विचारकी थिइन्, पश्चिममै पढेकी थिइन्, बुबा जवारलाल नेहरुको अनिच्छाका बाबजुद पार्सी फिरोज जहागिरसँग प्रेम विवाह गरेकी थिइन् । उनलाई नाँच्न नआउने कुरै थिएन ।’ उहाँले थप लेख्नु भएको छ । त्यतिखेर गान्धीको जवाफ थियो, ‘ओ हो, मेरा जनताले के सोच्छन् ?’ गान्धीले राष्ट्रपति जोन्सनको प्रस्ताव अस्वीकार गरेको ‘इन्दिरा गान्धीः अ पर्सनल एन्ड पोलिटिकल बायोग्राफी’मा विस्तृत उल्लेख छ ।
उहाँले त्यति सन्र्दभ जोड्दै उहाँले लेख्नुभएको छ– ‘प्रधानमन्त्री बालेन्द्र शाहको ध्यान अरुको मन जित्नमा खर्च भयो, आफ्ना देशका नागरिकले के सोच्छन् भन्नेमा होइन ।’
उहाँले विवादित विषयलाई थाँती राखेर गरिएका चिल्ला कुराको परिणाम चिल्लो नआउने बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *