वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं, १० मङ्सिर । वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाले निर्माण गर्न लागेको पुलको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभएको छ ।

पुल निर्माणका लागि ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपैयाँ लागत लाग्नेछ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

अस्पतालका दुई भवनबीच महाबौद्धतर्फ जाने मूल सडक रहेकाले मेडिकल वार्डबाट शल्यक्रिया वार्डमा जान बिरामीले सडक पार गर्नुपर्ने बाध्यता छ । आकासे पुल निर्माण भएपछि बिरामी तथा अस्पतालका सेवाग्राहीलाई भवनबीच आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ ।

पुलको दुवैतर्फ अस्पतालमा प्रयोग हुने शय्या ओसारपसार गर्न मिल्ने लिफ्ट जडान गरिनेछ । साथै, अस्पताल परिसरभित्रै पुलको दुवैतर्फ लिफ्ट र भ¥याङसमेत निर्माण गरिने काठमाडौँ महानगरपालिकाको सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *