काठमाडौं उपत्यकामा पनि बढ्यो चिसो

काठमाडाैं, १८ मंसिर । आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा पनि चिसो बढेकाे छ । चिसो बढेसंगै काठमाडाैं उपत्यकाकाे जनजीवन प्रभावित बनेको छ ।

काठमाडौं उपत्यकाकाे आजको तापक्रम हिजोभन्दा ३ डिग्री कम भएको छ भने अधिकतम तापक्रम २१ डिग्री र न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजबाट काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा बिहानैदेखि हुस्सु र कुहिरोले ढाकेको कारण चिसो बढीरहेको छ।

चिसो बढेसँगै सर्वसाधारणको दैनिक कामकाजमा असहजता थपिएको छ । काठमाडौंसँगै देशका विभिन्न भागमा पछिल्लो दिनमा चिसो निरन्तर बढ्ने क्रम जारी छ ।

हिमाली जिल्लाहरुमा हिमपातसँगै वर्षा हुँदा जनजीवन थप कष्टकर बनेकाे छ । पश्चिम नेपालकाे सिमकोटसहित तल्लो भेग, कालीकोटको मान्म, मुस्ताङ, उत्तरी क्षेत्र नाम्खालगाएतका स्थानमा हिमपात र वर्षा भएकाे छ ।