हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार आजदेखि, कतिमा भयो कारोबार?

काठमाडाैं, २३ पुस । हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार आजदेखि सुरू भएको छ।

सोमबारदेखि कारोबारमा आएकाे कम्पनीको शेयर स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३०९ रूपैयाँ २० पैसामा कारोबार भएको हो।

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कम्पनीको १० करोड कित्ता आइपिओ सूचीकृत भएको थियो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूको लागि (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीहरू) समेत तीन करोड कित्ता र कम्पनीका संस्थापक सेयरधनीहरूले लगानी गरेको सात करोड कित्ता सेयर गरी उक्त सेयर नेप्सेमा सूचीकृत गराएको हो।

कम्पनीले पहिलो कारोबारको लागि १०३ रूपैयाँ ७ पैसादेखि ३०९ रूपैयाँ २१ पैसाको ओपनिङ रेन्ज पाएको थियो। सोही रेञ्जभित्र रहेर कम्पनीको पहिलो कारोबार खुला भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *