गायक तथा संगीतकार सन्तोष श्रेष्ठको स्वरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको गजल

काठमाडौँ, १३ माघ । गायक तथा संगीतकार सन्तोष श्रेष्ठकाे गायनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे गजलको श्रव्यदृश्य सार्वजनिक गरिएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय मैतीदेवीमा हिजाे एक कार्यक्रम गरी उक्त गजलको श्रव्यदृश्य सार्वजनिक गरिएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि प्रा डा कृष्णहरि बरालले उक्त गजलको श्रव्यदृश्य लाेकार्पण गर्नुभएकाे थियाे । महाकावि देवकोटाको ‘आकाशमा शशी छन्’ गजललाई गायक तथा संगीतकार श्रेष्ठले आफ्नै स्वरमा रेकर्ड गराउनुभएकाे हाे ।

महाकवि देवकोटाका छोरा प्रा. डा. पद्मप्रसाद देवकोटाले आफ्ना पिताको सृजनालाई ऐतिहासिकरूपमा सङ्गीत र स्वरबद्ध गरेर बाहिर ल्याउनु सुखद भएकाे बताउनुभयाे ।

झण्डै एक सय वर्षअघि लेखिएको देवकोटाको गजल रेकर्ड गर्नु गजल प्रेमीका लागि खुसीको कुरा भएकाे समालोचक घनेन्द्र ओझाले बताउनुभयाे ।

हेम प्रभास अधिकारीको निर्देशन तथा वीरेन्द्र भाट ‘विपिन’को छायाङ्कन र सम्पादन गरेको श्रव्यदृश्यमा गायक तथा संगीतकार श्रेष्ठ स्वयंले अभिनय गर्र्नुभएकाे छ ।