साताको दोस्रो कारोबार पनि दाेहाेराे अंकले बढ्यो नेप्से

काठमाडाैं, १५ माघ । साताको दोस्रो कारोबार दिन पनि नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । नेप्सेसंगै यस दिन काराेबार रकम पनि बढेकाे छ ।

सोमबार नेप्से परिसूचक १०.२६ अंक बढेर २१०४.७२ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.११ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ८३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३११ स्टकको १ लाख ३ हजार पटकको कारोबारमा ४ अर्ब ५६ करोड ६५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख २२ हजार कित्ता शेयर कारोबार भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन यूनियन हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

यस दिन बिन्ध्यबासिनी हाइड्रोपावर, अप्पर साङ्गे हाइड्रोपावर र समाज लघुवित्तको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै यस दिन कारोबारमा आएको गरिमा विकास बैंकको ऋणपत्रको मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६० करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६४ प्रतिशत बढेको छ भने जलविद्युत उपसमूहको परिसूचक १.०८ प्रतिशत बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *