नेप्से सामान्य अंकले बढ्यो

काठमाडाैं, २३ माघ । मंगलबार नेप्से सामान्य अंकले बढेकाे छ । यस दिन कारोबार रकम पनि सामान्य बढेको छ।

यस दिन नेप्से परिसूचक ९.४४ अंक बढेर २०८५.७१ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स १.४५ अंकले घटेकाे छ।

यस दिन नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४३ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१५ स्टकको ६६ जार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन समाज लघुवित्तको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन ६९ रुपैयाँ ३० पैसा बढेर ७६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन गुराँस लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन माउन्टेन इनर्जीको कारोबार रकम साढे १६ करोड नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *