फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा छैन : गृह मन्त्रालय

काठमाडौं, २९ माघ । सरकारले फागुन १ गते जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको छ ।

गृह मन्त्रालयले आज साेमबार एक विज्ञप्ति जारी गर्दै फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा नदिएको प्रष्टीकरण दिएको हाे ।

यसअघि सरकारले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । बिदा खारेजीकाे माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएकाे थियाे । सर्वोच्च अदालतले उक्त बिदा नदिने फैसला गरेको थियो ।

केही स्थानीय तहले भने आफनो पालिकाभित्र जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिएको छ ।