बिहिबार पनि घट्याे नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडाैं, १० फागुन । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

बिहीबार नेप्से परिसूचक २०.७६ अंक घटेर २००५.८३ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.४९ अंक घटेको छ ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब २४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०९ स्टकको ७७ हजार ८३३ पटकको कारोबारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको ९५ लाख १८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

समाज लघुवित्त वित्तीय संस्थाको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य यस दिन १९७ रुपैयाँ ८० पैसा बढेर २ हजार १७६ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको जोशी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने यस दिन करिब १० प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन पनि जोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १४ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक१.१४ प्रतिशत र वित्त उपसमूहको ०.३३ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *