भारती मानन्धरले गरिन् विष सेवन
रुपन्देही, १५ फागुन । गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छन् ।
मंगलबार दिउसो १ बजेको आसपास भारतीले विष सेवन गरेको पाइएको बाँके प्रहरीले जनाएको छ ।
भारतीको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था स्थिर रहेको बाँके प्रहरीले जनाएको छ ।