साहित्यकार जितेन्द्र रसिकलाई ‘शरस रत्न भुषण पदक’

काठमाडाैं, २० फागुन । साहित्यकार जितेन्द्र रसिकलाई ‘शरस रत्न भुषण पदक’ बाट सम्मान गरिएकाे छ ।

भक्तपुरस्थित शरस पाठशालाको १७ औं अभिभावक दिवसको अवसर पारेर रसिकलाई ‘शरस रत्न भुषण पदक’ प्रदान गरिएकाे हाे ।

शरस पाठशालाका संस्थापक इन्द्रप्रसाद खाईतुले साहित्यकार रसिकको साहित्यिक योगदानको कदर गर्दै पाठशालाले यस वर्ष ‘शरस रत्न भुषण पदक’ साहित्यकार रसिकलाई प्रदान गरिएकाे बताउनुभयाे ।

पाठशालाले साहित्यमार्फत मानिसलाई जीवन र जगत बुझाउन सक्षम मात्र नरही शैक्षिक क्षेत्रमा समेत योगदान दिँदै आएका रसिकको साहित्यिक योगदानको कदर गर्दै विभुषित गरेकाे जनाएकाे छ ।

साहित्यकार रसिकको साहित्यिक क्षेत्रमा दर्जन भन्दा बढी जीवनोपयोगी पुस्तक तथा साहित्यिक कृति प्रकाशित छन् भने गीत संगीतको क्षेत्रमा केही एल्बमहरू बजारमा छन् ।