विदेशी मुद्रा सञ्चिति १८ खर्ब ४४ अर्ब

काठमाडौं, २७ फागुन । नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार गत माघसम्म मुलुकको कुल विदेशी मुद्रा (विनिमय) सञ्चिति १८ खर्ब ४४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत असारको तुलनामा यो १९.९ प्रतिशतको वृद्धि हो ।

गत असार मसान्तसम्म यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको थियो । चालू आर्थिक वर्षको सात महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात महंगी ५.०१ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत थियो ।

त्यस्तै, खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत छ ।