नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घट्यो
काठमाडौँ, ३० फागुन । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ ।
यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा कारोबार भइरहेको छ ।
चाँदी प्रतितोला रु ३० ले कमी भई प्रतितोला रु एक हजार चार सय ६५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।