नेप्सेमा १०.६२ अंककाे गिरावट
काठमाडाैं, ४ फागुन । आइतबार नेप्से परिसूचक १०.६२ अंक घटेर २०७०.२५ विन्दुमा झरेको छ। बुधबारदेखि ओरालो लाग्न थालेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
यस दिन सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको ८४ लाख ६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो बैंकको शेयरमूल्य यस दिन २६ रुपयाँ १० पैसा बढेर २८७ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ।
त्यसैगरी, यस दिन गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने मानुषि लघुवित्तको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ७.८३ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सोनापुर मिनरल्स एण्ड आयलको २३ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य बढेको छ।