नेप्से परिसूचक सामान्य अंक घट्याे

काठमाडाैं, ७ चैत्र । बुधबार नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक ३.३४ अंक घटेर २०६३.९५ विन्दु कायम भएकाे हाे। यस दिन सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र फ्लोट इण्डेक्स ०.२० अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ६३ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०५ स्टकको ६० हजार १६ पटकको कारोबारमा ३ अर्ब ४९ करोड ६२ लाख रुपैयाँ बराबरको ९४ लाख ४५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १९ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको साढे १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको करिब १२ करोडको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.५१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन म्युचुअल फण्ड र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *