शेयर बजारकाे ओरालो यात्रा कायमै

काठमाडाैं, ६ वैशाख । शेयर बजारकाे ओरालो निरन्तर यात्रा कायम रहेकाे छ । पछिल्लो पाँचदिनमा नेप्से सूचक ६३.८७ अंकले घटिसकेको छ।

साताको अन्तिम कारोबार दिन पनि नेप्से सूचक १९.५६ अंकले घटेर १९७२.१४ विन्दुमा झरेका छ।

आज कुल २ अर्ब ९ करोड ३६ लाख १२ हजार ७९२ रुपैयाँ बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर कारोबार भएको छ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा माइक्रोफाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै १.७२ प्रतिशतले घटेको छ भने विकास बैंक उपसमूहको सूचक पनि १.४६ प्रतिशतले घटेको छ।

यस दिन खानीखोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.९४ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको ६.२१ प्रतिशत र मध्ये भोटेकोशी हाइड्रोपावरको ५.७० प्रतिशतले बढेको छ। यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले घटेको छ भने गोर्खाज फाइनान्सको ९.३९ प्रतिशत र सिवाइसिएल लघुवित्तको ६.१२ प्रतिशतले घटेको छ।

बिहीबार गोर्खाज फाइनान्सको सबैभन्दा धेरै १७ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने सुर्य ज्योति लाइफ इन्स्योरेन्सको १० करोड ५१ लाख रुपैयाँ र पोखरा फाइनान्सको ७ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *