५ कारोबार पछि बल्ल बढ्यो नेप्से

काठमाडाैं, ९ वैशाख । नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्लाे ५ कारोबार दिनदेखि ओरालो लागिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो ।

आइतबार नेप्से परिसूचक १२.२९ अंक बढेर १९८४.४३ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंक बढेको र फ्लोट इण्डेक्स ०.५९ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४७ हजार ११७ पटकको कारोबारमा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दोल्ती पावरको शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया लघुवित्तक र रु रु जलविद्युत परियोजनाको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.४६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १० करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सर्वोत्तम सिमेन्टको करिब ९ करोडको शेयर किनबेच भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९० प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *