नेप्सेमा झिनाे सुधार, लगानीकर्ता दोधारमा

काठमाडाैं, १२ वैशाख । नेप्सेमा झिनाे सुधार भएकाे छ । शेयर बजारले गति लिन नसक्दा लगानीकर्ता दोधारमा देखिएका छन्।

नेप्से सूचक १९६० को टेवा क्षेत्रबाट केहि सकारात्मक देखिएको भए पनि त्यसलाई निरन्तरता दिन नसक्दा लगानीकर्ता दोधारमा परेका छन्।

बुधबारको बजारमा सामान्य उतारचढाव देखिएको थियो तर बजारले लय समाउन भने सकेन। बुधबार नेप्से सूचक ०.१५ अंकले मात्रै बढेर सकारात्मक देखिएको छ।

बुधबार २ अर्ब ५३ करोड रुपैयाँको ७२ लाख ८४ हजार २७२ कित्ता शेयर कारोबार भएको छ। पछिल्लो समय कारोबार रकम पनि बढ्न सकेको छैन। बुधबार पनि नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको कारोबार हुँदा कारोबार रकम केहि बढेको देखिन्छ ।

बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ। फाइनान्स कम्पनीहरुको शेयरमूल्य बढ्दा उक्त उपसमूहको सूचक सबैभन्दा धेरै २.४४ प्रतिशतले बढेको छ भने बैंकिंग र उत्पदन तथा प्रशोधन उपसमूहको सूचक पनि सकारात्मक देखिएको छ। बाँकी १० उपसमूहको सूचक भने नकारात्मक देखिएको छ।

बुधबार पोखरा फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने गुँरास लघुवित्तको ९.९२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको ७.५५ प्रतिशतले बढेको छ।

यता माइ खोला हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.८४ प्रतिशतले घटेको छ भने महिला लघुवित्तको ३.८४ प्रतिशत र रिभर फल्स हाइड्रोपावरको ३.३९ प्रतिशतले घटेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *