नेप्से १४.३३ अंकले बढ्याे, कारोबार रकम पनि उकालाे लाग्दै

काठमाडाैं, १६ वैशाख । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ।

आइतबार नेप्से परिसूचक १४.३३ अंक बढेर १९८०.२७ विन्दुमा पुगेको हाे । यस दिन सेन्सेटिभ इण्डेक्स २.६२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। गत बिहीबार २ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०८ स्टकको ४८ हजार १८३ पटकको कारोबारमा २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको ६८ लाख ७८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको रिभरफल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ४.६३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ। सो फाइनान्सको यस दिन १३ करोड ५ लाख रुपैयाँब राबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, यस दिन मल्टीपर्पस फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने पिपुल्स पावरको करिब १० करोडको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत बढेको छ।