सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि
 
                              काठमाडौँ, २० वैशाख । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आज रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबार रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।
 
                     
                 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			 
				
			