प्रतिनिधिसभाको बैठक सुरु हुनासाथै कांग्रेसको विरोध
काठमाडौँ, २८ वैशाख । सङ्घीय संसद् वर्षे अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा एक घन्टा ढिलो सुरु भएको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले प्रतिनिधि सभाको बैठक सुरु हुनासाथै अवराेध गरेकाे छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत दलले सहकारी अनियमिताका विषयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरेसम्म चल्न नदिने अडान राखेपछि बैठक सुरु हुन विलम्ब भएको हो ।
कांग्रेसको नाराबाजीपछि सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएकाे छ ।