रामेछापमा भरूवा बन्दुक खेलाउँदा एक जना घाइते, प्रहरीले बरामद गर्याे बन्दुक
रामेछाप, १ जेठ । रामेछाप भरूवा बन्दुक खेलाउँदा एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख डिएसपी प्रदिप सिंहका अनुसार घाइते हुनेमा रामेछाप न.पा.६ च्यास्कु वडा नं ७ घर भएका वर्ष अन्दाजी ५२ का राम बहादुर तामाङ छन् ।
तामाङले उक्त भरुवा बन्दुक खेलाउदा पड्कन गइ घाईते भई उपचारको लागि जिल्ला अस्पताल रामेछापडाँडा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी पाटन अस्पताल काठमाण्डौंमा पठाइएकाे डिएसपी सिंहले बताउनुभयाे ।
भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन गिरीले जानकारी दिनुभयाे । उहाँका अनुसार भरुवा बन्दुकसंगै हतियारमा प्रयोग हुने बारुद जस्तो देखिने धुलो पर्दाथ समेत प्रहरीले बरामद गरेकाे छ ।
उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ ।