पदाधिकारीबाट उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको मात्रै सम्वोधन, बैठकमा १ सय १८ केन्द्रीय सदस्यले राखे धारणा

 

 

काठमाडौँ, ६ असोज । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको पनि बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आज १ सय १८ केन्द्रीय सदस्यले धारणा राखे ।  

मंगलबार बिहान ९ः३० बजे पार्टी अध्यक्ष ओलीको अध्यक्षतामा सुरु भएको बैठकलाई उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभएको थियो । उहाँहरुले सम्वोधनका क्रममा क्रममा पार्टीभित्र सिर्जित भ्रम तथा संशयलाई निस्तेज गर्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरु दुई जनाले बोलेपछि केन्द्रीय सदस्यहरूले आफ्ना सुझाव र धारणा राखेका थिए। बैठकलाई व्यवस्थित बनाउन प्रत्येक सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको थियो।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको संगठन, आगामी कार्यदिशा, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

त्यस्तै, पार्टीभित्रको एकता थप मजबुत बनाउने, देशभरका कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह सञ्चार गर्ने तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा पनि सदस्यहरूले जोड दिएका थिए।

एमालेका अनुसार आज धारणा राख्ने केन्द्रीय सदस्यहरूमा अइन्द्रसुन्दर नेम्वाङ, अग्नि खरेल, अच्युत मैनाली, डा. अजय क्रान्ति शाक्य, अजयकुमार गुप्ता, अखिलतार ओझा, अमन मास्के, अमर यादव, अशोक ब्याञ्जु, अस्मिता थापा, आनन्द पोखरेल, आरती भण्डारी, आरसी लामिछाने, आशाकुमारी विक, आशारत्न बज्राचार्य, इन्दिरा सञ्जेल, एलिसा गौतम, इन्द्र भण्डारी, उपेन्द्र शाह र उर्मिला सुनुवारलगायत छन्। अन्य थप केन्द्रीय सदस्यहरुले पनि आफ्नो धारणा राखेका छन् । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *