कांग्रेसले गर्याे राष्ट्रिय सभाकाे बैठक पनि अवराेध

काठमाडौं, ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक पनि अवरोध गरेको छ ।

राष्ट्रिय सभाकाे बैठक सुरु भए लगतै कांग्रेसका सांसदहरूले अवरोध गरेका हुन् ।

कांग्रेसको अवरोधपछि राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठक स्थगित गरिदिनुभयाे । बैठक पाँच मिनेट पनि बैठक बस्न सकेन । अर्को बैठक जेठ ६ गते दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

बैठक अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन खुलाउने विषयमा छलफल भएको थियो ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान राखेको छ ।