चालू आर्थिक वर्षकाे १० महिनामा ११ खर्ब ७७ अर्ब ब्यापार घाटा

काठमाडौं, ७ जेठ । चालू आर्थिक वर्षकाे १० महिनामा नेपालकाे ब्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड पुगेकाे छ ।

आर्थिक वर्षको साउनदेखि बैशाख मसान्तसम्ममा नेपालले ११ खर्ब ७७ अर्ब १८ करोडकाे ब्यापार घाटा ब्यहाेरेकाे हाे ।

यस अवधिमा नेपालमा १३४ खर्ब ३ अर्ब ३५ करोड बराबरको मालबस्तु विभिन्न देशबाट आयात भएको छ । सो अवधिमा नेपालले १ खर्ब २६ अर्ब १७ करोड बराबरको मालवस्तु निर्यात गरेकाे छ ।

गत आर्थिक वर्षको सो अवधिमा नेपालले १२ खर्ब ४ अर्ब ४२ करोड ब्यापार घाटा ब्यहोरेको थियो ।