कालोसूचीमा १८ निर्माण कम्पनी, एकदेखि तीन वर्षसम्म कालोसूची
काठमाडाैं, १८ जेठ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १८ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ।
विभिन्न निर्माण कम्पनीहरूलाई कार्यालयले १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।
जिल्लास्थित विभिन्न निकायहरूले निर्माण कम्पनीकाे काम अनुसार कालोसूचीमा राख्न लेखि पठाए अनुसार कार्यालयले साे निर्णय गरेका हुन ।
कार्यालयले फ्रेन्ड्स ट्रेडिङ कन्सर्न ललितपुर, स्टार इन्फ्रा एन्ड डेभलोपर्स प्रा.लि धनुषा र बाबा माइनचन्द इन्टरनेशनल भोटेबहालाई तीन/तीन वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै बिकोई-जय बागेश्वरी-सिस्ने जेभी नेपालगन्ज र यसअन्तर्गतका बिकोई बिल्डर्स टंगाल काठमाडौं, जय वागेश्वरी माता कन्स्ट्रक्सन नेपालगन्ज र सिस्ने कन्स्ट्रक्सन नेपालगन्जलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।
त्यस्तै धुलीखेल-जेके जेभी कोहलपुर बाँके र यसमातहतका दुई कम्पनीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।