वातावरण मैत्री तथा उर्जा किफायती भवन निर्माणका लागि सरकारकाे याेजना स्वागत
काठमाडौं । नेपाल सरकारले वातावरण मैत्री तथा उर्जा किफायती भवन निर्माण गर्ने योजना अगाडि सारेको छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले त्यसका लागि संघ, प्रदेश र स्थानीय तहबाट हुने भवन निर्माणमा जलवायु अनुकूलन तथा ऊर्जा दक्षता अभिवृद्धि गर्ने जनाए । उनले जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा परेको प्रभाव न्यूनीकरण र अनुकुलन हुने गरी उपयुक्त प्रविधिको प्रयोग गर्ने पनि बताए ।
जलवायु परिवर्तन अनुकुलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने बजेट वक्तत्वमा थियो । सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने जानकारी दिएको थियो ।
निर्माण सामाग्रीको उत्पादन गर्दा वातावरण अनुकुल नहुँंदा वातावरणमा नकारात्मक प्रभाव मात्रै नभई वातावरण विनाश तथा प्रकृति नष्ट हुने गरेको छ । जस्तै काठको झ्यालढाको बनाउन पर्दा वन विनाश, इटा वनाउनु पर्दा माटोको प्रयोग, कलकारखाना राख्दा धुवाधुलो, उत्पादित फोहोरले प्रदूषण लगाएतका समस्या हुने गर्दै आएको छ ।
यसका विकल्पमा वातावरणमैत्री निर्माण सामाग्रीहरु नेपाली बजारमा प्रसस्त छन् । यस्ता वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगबाट वढावा दिने सरकारी योजना हो । सरकारले जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने बजेट बक्तत्वमा उल्लेख छ ।
वक्तब्यमा विपद् व्यवस्थापन र जलवायु अनुकूलनका कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने व्यवस्था मिलाउने उल्लेख छ । जलवायु परिवर्तनबाट परेको असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने उल्लेख पनि छ ।