नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, १८ असार । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजेका लागि बाेलाएकाे हाे ।

बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो ।

नेकपा एमाले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ ।

सोमबार मध्यरातमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका विषयमा समझदारी गरेका छन् । यही विषयमा छलफल गर्न आजै नेपाली कांग्रेसले पदाधिकारी बैठक र रास्वपाले सचिवालय बैठक बोलाएका छन् ।