विपद् जोखिम, न्युनीकरण सम्बन्धी व्यङ्ग्यचित्र एक हप्ता प्रदर्शन हुने

काठमाडौं, २० असार । विपद् जोखिम र न्युनीकरण सम्बन्धी गरिएकाे व्यङ्ग्य चित्रकला, चित्रकथा प्रदर्शनी एक हप्तासम्म चल्ने भएकाे छ ।

चित्रकला नक्सालस्थित नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा गरिएको हाे । मंगलबारबाट सुरु भएको ‘विपद् जोखिम न्यूनीकरण प्रदर्शनी’ को राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्टुनिस्ट क्लबको सहकार्यमा गरिएको हो ।

विपद् न्यूनीकरणसम्बन्धी सन्देश तल्लो तहसम्म लैजानका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयाेजना गरेकाे थियाे ।

राष्ट्रिय विपद् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रदर्शनीमा राखिएका कलाले जोखिमका विविध पक्षका बारे उजागर गरेको बताउनुभयाे । उहाँले प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउँदै कलामार्फत अभिव्यक्त सन्देश प्रभावकारी हुने विचार व्यक्त गरे ।

एक सातासम्म चल्ने प्रदर्शनीमा कलाकार अविन श्रेष्ठ, अकृन, बासु क्षितिज देवेन्द्र थुम्केली, केशव राज खनाल, महेश बस्ताकोटी, रवि मिश्र, रविन्द्र मानन्धर, भानु भट्टराई, सानुराज डङ्गोल, सुजिता महर्जन, पल्पसा डंगोल, अर्पिता शाक्य, सुदर्शन सिग्देल, सौरगंगा दर्शनधारी, विश्व थापा, सागर शाह, आयुश, पान सिङ तमोर, गौरभ डङ्गोल र योगेश खपाङ्गीका २७ व्यङ्ग्यचित्र, पोस्टर, चित्रकथा तथा दृष्टान्तचित्र राखिएको छ ।