एमाले सचिवालय बैठक बस्दै
काठमाडाैं, २६ असार । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ ।
हिजाे बस्ने भनिएकाे बैठक आजका लागि सरेकाे हाे । बैठक बिहान ११ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बोलाइएको छ ।
सरकार गठन र पार्टीबाट सरकारमा जाने मन्त्रीको नामको छिनोफानो गर्न अध्यक्ष ओलीले सचिवालय बैठक बोलाउनुभएकाे जनाइएकाे छ। बैठकमा केन्द्रीय नेताको कार्यविभाजनको विषय पनि एजेण्डामा राखिएको बुझिएकाे छ ।
नयाँ सरकारको नेतृत्व गर्न लाग्नुभएका अध्यक्ष ओलीले पार्टीबाट युवालाई मन्त्रीमा अघिसार्ने तयारी गरेकाे बुझिएकाे छ ।
कांग्रेससँगको सहमति अनुसार एमालेले ९ मन्त्री पाउने भएको छ । अल्पमतमा परिसक्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सी शुक्रबार संसदमा विश्वासको मत लिदैहुनुहुन्छ ।
झण्डै दुई तिहाई सांसदले नयाँ सत्ता समीकरणमा समर्थन जनाएकाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउने सम्भावना देखिदैन ।