भारतमा यात्रुवाहक रेल दुर्घटना हुँदा दुईको मृत्यु, ३५ घाइते
एजेन्सी, ४ साउन । भारतमा बिहीबार एउटा यात्रुवाहक रेल पटरीबाट खसेर धेरै डिब्बा पल्टिँदा कम्तीमा दुई जनाको मृत्यु र अन्य २४ जना घाइते भएका छन् ।
दुई हजार छ सय ४० किलोमिटरसम्म चल्ने बाइस डिब्बासहितको यात्रुवाहक रेल चन्डीगढ–डिब्रुगढ एक्सप्रेस उत्तरी अयोध्या नजिक दिउँसो पटरीबाट खसेको थियो ।
भारतीय रेलवेका प्रवक्ता पङ्कज कुमार सिहंले दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो । उत्तर प्रदेश राज्यका राहत आयुक्त नवीन कुमारले ३५ जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । उहाँले उद्धार कार्य सकिएको र रेलभित्र कोही पनि नफसेको जानकारी दिनुभयो ।