मूल्य वृद्धिदर ५.५ प्रतिशतमा कायम राख्ने राष्ट्र बैंकको लक्ष्य

काठमाडाैं, ११ साउन । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा ५.५ मूल्य वृद्धि सीमित राख्ने लक्ष्य लिएको छ ।

आर्थिक वर्ष २०८१–८२ काे बजेटमा ५.५ प्रतिशतमा मूल्य वृद्धि सीमित हुने र ६ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएकाे थियो।

राष्ट्र बैंकको तथ्यांकले गत जेठमा मासिक आधारमा ३४ महिनायताकै न्यून मूल्य वृद्धिदर देखिएको छ।

जेठमा मूल्य वृद्धिदर ४.१७ प्रतिशत देखिएको छ । वार्षिक आधारमा भने यो वर्ष जेठसम्मको औसत मूल्य वृद्धिदर ५.६२ प्रतिशत छ।

राष्ट्र बैंकले वार्षिक मूल्य वृद्धि ६.५ प्रतिशतमा सीमित राख्न लक्ष्य लिएको थियो। गत आर्थिक वर्षको जेठसम्मको औसत मूल्य वृद्धि दर ७.७७ प्रतिशत रहेको थियो। गत वर्षभरीको मूल्यवृद्धि दर औसतमा ७.७४ प्रतिशत थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *