बंगलादेशका अन्तरिम सरकार प्रमुख बनेका युनुस नेतृत्वले आज शपथ लिने

काठमाडौं, २४ साउन । बंगलादेशमा शेख हसिनाको बहिर्गमनपछि अन्तरिम सरकार प्रमुख बन्नुभएका मोहम्मद युनुसले आज शपथ लिनुहुने भएकाे छ ।

बंगलादेशको नव गठित अन्तरिम सरकारका सदस्यहरुले आज शपथ ग्रहणको तयारी गरेकाे हाे ।

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारका सदस्यलाई बेलुकी ८ बजे सपथ गराइने बङ्गलादेशका सेना प्रमुख जनरल वाकर जमानले जनाए ।

सेना प्रमुख जनरल वाकर जमानका अनुसार अन्तरिम सरकार १५ सदस्यीयको बनाइने छ । उहाँले तीनदेखि चार दिनभित्र बङ्गलादेशको परिस्थिति सामान्य हुने आशा गरिएको छ ।

विद्यार्थीले थालेको आरक्षणविरुद्धको आन्दोलनले हिंसात्मक रुप लिँदा प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिँदै देश छाडेपछि सेना प्रमुख वाकरले अन्तरिम सरकार गठन गर्न अग्रसरता लिए पनि आन्दोलनरत विद्यार्थीको मागअनुसार नोबेल पुरस्कार विजेता युनुसको नेतृत्वमा सरकार गठन हुन लागेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *