जुम्लामा नदी तर्ने क्रममा काठेपुलबाट खसेर मोटरसाइकल चालक बेपत्ता, एक जनाकाे उद्वार

जुम्ला, १२ साउन । जुम्लामा नदी तर्ने क्रममा मोटरसाइकल चालक बेपत्ता भएका छन् ।

जुम्लाको पातारासी गाउँपालिका–४ मा रहेको लुमस्थित जवा नदीको काठेपुल तर्ने क्रममा खसेर मोटरसाइकल चालक सोही गाउँपालिका–७ रिनी निवासी २८ वर्षीय हरिकृष्ण बुढा बेपत्ता भएकाे जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकलमा सवार यात्रु पातारासी गाउँपालिका–७ रिनीका का २७ वर्षीय जयबहादुर खड्काकाे उद्धार गरिएको सूचना अधिकारी चन्दले बताउनुभयो ।

आज बिहान पालिकाको लासी बजारबाट तल्फी जाने क्रममा काे १ प १८२० नम्बरको मोटरसाइकल नदीमा खसेको जानकारी आएपछि उद्धारका लागि प्रहरी घटनास्थलमा खटिएको थियो । बेपत्ता चालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *