भानुभक्तलाई अमर बनाउने मोतिरामको आज १५९ औं जन्मजयन्ती

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यलाई चिनाउने राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको एक सय ५९औँ जन्मजयन्ती आज कुशे औशीको दिन परेको छ। विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा युवाकवि मोतीराम भट्टको निधन भएको थियो । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याएका थिए । आदिकवि भानुभक्तका कृतिलाई नेपाली साहित्यमा अमर बनाउने युवा कवि मोतिरामको योगदान अतुलनीय छ। भानुभक्तलाई चिनाउने कविका रुपमा पनि मोतिरामलाई लिइने गरेको छ।