बेइजिङमा ठडिएकाे स्वर्गकाे मन्दिर अर्थात् टेम्पल अफ हेभेन (१५ तस्बिर)
माेहन बाँस्ताेला, चीन
चीन, २५ भदाै । चीनकाे बेइजिङमा रहेकाे टेम्पल अफ हेभेन पार्कलाई चिनियाँ भाषामा तियानतान भनिन्छ ।
बेइजिङको डोङचेङ जिल्लामा अवस्थित याे पार्क स्वर्गको मन्दिरले चर्चित छ । मिङ राजवंश (१३६८-१६४४) र छिङ राजवंश (१६४४-१९११)का सम्राटहरूले स्वर्गीय पूजा समारोह आयोजना गरेकाे भन्ने छ ।
पहिलो पटक सन् १४२० मा निर्मित याे मन्दिर मिङ वंशका मिङ सम्राट जियाजिङ र छिङ सम्राट क्यानलोङको शासनकालमा विस्तार र पुनर्निर्माण गरिएको थियो। १९८८ मा यो पुरातन दर्शन, इतिहास र धर्म देखाउँदै पार्कको रूपमा सबैका लागि खुला गरिएकाे थियाे ।
तस्बिरहरू माेहन बाँस्ताेला, चीन