च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, ७ असाेज । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेर फर्किएकाे नेपाल पुलिस क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

माल्दिभ्सको मालेमा काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो सेट २५-१६ ले जित निकालेको पुलिसले दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै उपाधि रक्षा सफल भएको थियाे ।

६ टोली सहभागि प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको थियाे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *