एक्सपाेज नेपालकाे सहकार्यमा काेइकाकाे हरित विद्यालय कार्यक्रम

काठमाडाैं १६ असाेज । एक्सपाेज नेपालकाे सहकार्यमा काेइका(कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी)ले काठमाण्डाैं उपत्यकाका विभिन्न् विद्यालयमा हरित विद्यालय कार्यक्रम सञ्चालन गरेकाे छ ।

काेइकाले हरित विद्यालय कार्यक्रम अन्तर्गत एक्सपाेज नेपालकाे सहकार्यमा विभिन्न सातवटा विद्यालयमा १२ वर्षदेखि माथिका बिद्यार्थीहरूलाइ पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याड वितरण गरेकाे हाे ।

काेइकाले विद्यालयका बालिकाहरूकाे स्वास्थ्य ध्यानमा राखि विद्यार्थीहरूलाई लक्षित गरि रसायन प्रयोग नभएको, लगाउन सजिलो, धुन पनि सजिलो, २ वर्ष सम्म पुनः प्रयोग गर्न मिल्ने सजिलो प्याड वितरण गरिएकाे जनाएकाे छ ।

काेइकाले सरस्वती माध्यमिक विद्यालय लेले ललितपुर (१४९), श्री विशंखु नारायण माध्यमिक विद्यालय गाेदामचउर ललितपुर (१७०), चैतन्य मा वि काभ्रेपलाञ्चाेक बनेपा (२०४), बुद्ध माध्यमिक विद्यालय बाँडेगाउँ ललितपुर(२४०), श्रमिक शान्ति माध्यमिक विद्यालय च्यासल ललितपुर (३०२), नेपाल एपिएफ स्कुल किर्तीपुर(२२७), र विश्व भाषा क्याम्पस काठमाडाैं (९४ ) गरि १३८६ जना विद्यार्थीहरूलाई पर्यावरणमैत्री महिनावारीका लागि प्याड वितरण गरिएकाे जनाएकाे छ ।

एक्सपाेज नेपाल अध्यक्ष ज्ञान महर्जनका अनुसार नेपालमै उत्पादन भएकाे सजिलाे प्याड भन्दा आयातित प्याडले महिलाहरूलाई तत्काल केही सहज बनाएको भनिएपनि यसका बेफाइदा धेरै भएकाे बताउँछन् । आयातित प्याडमा ९० प्रतिशत प्लास्टीकजन्य पदार्थ प्रयाेग गर्ने हुनाले लामो समयसम्म प्रयोग गर्दा त्यसबाट पाठेघरको क्यान्सरलगायतका अन्य धेरै समस्याहरू निम्तिने महर्जनकाे भनाइ छ ।

महर्जनका अनुसार आयातित प्याडमा हुने हाइ केमिकलका कारण माटोमा समस्या हुने, बालीमा समस्या र जलाउँदा वातावरणमा समस्या देखिने गरेका छन् । आयातित प्याड जमिनमा डिस्पोज हुनका लागि ५ सय वर्षदेखि  ८सय वर्ष लाग्ने उनकाे भनाइ छ । अध्यक्ष महर्जनका अनुसार नेपालमै उत्पादन भएकाे कपडाजन्य प्याड प्रयाेगमा जाेड दिनुपर्ने भनाइ छ ।