बाढीपहिरोबाट मृत्युभएकाका परिवारलाई गृह मन्त्रालयले दियाे पाँच करोड

काठमाडौँ, ६ कात्तिक । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक रु दुई लाखका दरले सहयाेग रकम प्रदान गरेको हो ।

गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप पाँच करोड प्रदान गरिएको छ ।

बाढीपहिरोमा परी दुई सय ३८ जनाले ज्यान गुमाएका थिए । एक सय ७७ जना घाइते भएका छन्भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी रहेकाे मन्त्रालयले जनाएकाे छ ।