भारतीय मन्दिरमा पटाका विस्फोट १५० भन्दा बढी घाइते

एजेन्सी, १३ कात्तिक । भारतको एक मन्दिरमा पटाका प्रदर्शनीमा भयानक विस्फोट भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।
प्रहरीले घटनामा दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतीय पत्रपत्रिकाहरूले पोस्ट गरेका भिडियोहरूमा देखाएअनुसार सोमबार साँझ दक्षिणी राज्य केरलाको नीलेश्वरमस्थित एउटा हिन्दू मन्दिर वरिपरि सयौँ मानिसहरू आतसबाजी हेर्न भेला भएका थिए ।
भिडियोमा त्यसपछि एउटा भवन भित्रबाट चर्को आवाकासाथ शक्तिशाली आगोको गोला आकाशमा माथि उठेकाे छ ।
विस्फोटमा करिब आठ जनाको अवस्था गम्भीर भएकाे र एक सय ५४ जना घाइते भएको जनाइएकाे छ । तीमध्ये ९७ जना अस्पतालमा भर्ना छन् ।
स्थानीय सरकारी अधिकारी के. इन्बासेखरले पटाका प्रदर्शनीका लागि कुनै अनुमति नदिइएको बताउनुभयो । द हिन्दू पत्रिकाले मन्दिरका अध्यक्ष र सचिवलाई हिरासतमा लिइएको जनाएको छ ।
स्थानीय प्रहरी प्रमुख शिल्पा द्यवैयाले भन्नुभयाे, उनीहरूले पटाका भण्डारण गरिएको ठाउँ नजिकै पटाका पड्काए र झिल्काहरू भण्डारण गरिएको पटाकासम्म पुगेर विस्फाेट भए ।
भारतीय सञ्चारमाध्यमहरूले अधिकारीहरूलाई उद्धृत गर्दै बाक्लो भीडमा रहेका मानिसहरूको अनुहार र हातमा जलन भएको बताएका छन् ।
भारतमा धार्मिक जमघटहरूमा सुरक्षा कमजोरी र भीड व्यवस्थापनमा कमीका कारण घातक घटनाहरूको दुःखद इतिहास छ ।