जित नजिक पुगेका ट्रम्पको सम्बोधनः अमेरिकाका लागि अब ‘स्वर्ण युग’

जीतका लागि २७० इलेक्टोरल मत आवश्यक पर्छ । अमेरिकाको ४७‍औं राष्ट्रपति छान्न मंगलबार भएको निर्वाचनको मतपरिणाम अनुसार डोनाल्ड ट्रम्पले अहिलेसम्म २६६ इलेक्टोरल मत प्राप्त गरेका छन् । यो परिणाम जितको नजिक हो । पेन्सिल्भानियामा जित हासिल गरेसँगै ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने करिब निश्चित भएको हो ।

राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । जितका लागि निर्णायक मानिएका ७ स्विङ स्टेटमध्ये, पेनसिल्भानिया, नर्थ क्यारोलाइना र जर्जियामा जितेपछि ट्रम्पलाई सहज भएको हो । ट्रम्पले अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै अमेरिकी जनताको सानदार जित भएको बताएका छन् ।

फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *