बढ्यो प्रेटाेलियम पदार्थकाे मूल्‍य

काठमाडौं, ३० कात्तिक । नेपाल आयल निगमले प्रेटाेलियम पदार्थकाे मूल्‍य बढाएको छ ।

शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मिट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । निगमकाे उक्त मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम भएको छ।

यस्तै सुर्खेत र दाङमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको मूल्‍य प्रतिलिटर १५३ कायम भएको छ ।

निगमले पेट्रोल र ग्याँसकाे मुल्‍य भने बढाइएको छैन।