रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
कास्की, २ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि थप ४ दिनको म्याद थप भएको छ।
जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको हो ।
सहकारी रकम अपचलन मुद्दामा लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।