साहित्य सन्ध्याको ४५८ औँ शृङ्खलामा कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण

काठमाडाैं, ७ पुस । साहित्य सन्ध्याको ४५८ औँ शृङ्खला काठमाडाैंकाे भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा सम्पन्न भएकाे छ ।

साहित्य सन्ध्याको ४५८ औँ शृङ्खलामा सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण भएकाे छ ।

कार्यक्रममा अतिथि साहित्यकारहरू डा.कृष्ण सुवेदी, चन्द्रप्रसाद न्यौपाने, प्रभाती किरण र आभा सेतु सिंहले कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण गर्नुभएकाे हाे । कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पणपछि सिन्धुपाल्चोककै बरिष्ठ साहित्यकार डा.कृष्ण सुवेदी भारद्वाज मित्रले ‘मातृवन्दना’को परिचर्चा गर्नुभएकाे थियाे ।

साहित्य सन्ध्याको नियमित मासिक ४५८ औँ शृङ्खलामा साहित्यकार प्रभाती किरणले ‘सामाजिक रूपान्तरणमा नपाली प्रगतिशील गीत गजलको प्रभाव’ विषयमा परिचर्चा गर्नुभएकाे थियाे ।

उक्त विशेष कार्यक्रममा सिन्धुपाल्चोकका जनप्रतिनिधि शशिनाथ आचार्य, साधुराम नेपाल, आभा सेतु सिंह, उमेश उपाध्याय, डा.राजेन्द्रप्रसाद अधिकारी, रत्ननिधि रेग्मी, डा.प्रेमराज सिलवाल, सिन्धुपाल्चाेककाे इन्द्रवतीका लालुपाते सांस्कृतिक परिवारका सदस्यहरू, माधव प्रधान, महेशराज खरेल, रत्न उप्रेती, बैरागी जेठा, यदुनाथ बसन्तपुरे, लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बालकवि सोइना दाहाल, ओमप्रसाद कोइराला, नवराज श्रेष्ठ, डा.मनोज जोशी, त्रिलोचन आचार्य, महेशराज खरेल, माधव प्रधान, थरेन्द्र बराल, वासुदेव अधिकारी पाँचथरे, जयन्ती स्पन्दन, नर्मदेश्वरी सत्याल, रत्ननिधि रेग्मी, आभा सेतु सिंह, उमेश उपाध्याय, मिसन अधिकारी, डा.राजेन्द्रप्रसाद अधिकारी, अर्जुन अन्योल, रत्न उप्रेती र बैरागी जेठाले कविता, गीत, गजल वाचन गर्नुभएको थियो ।

लाकोर्पित कृतिमाथि डा.कृष्ण सुवेदी (भारद्वाज मित्र)ले विस्तृतरूपमा समीक्षा गर्नुभएकाे थियाे । वि.सं.२०१६ सालमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको धुसेनीमा माता सीतामाई तिमिल्सिना र पिता चन्द्रलोचन तिमिल्सिनाका सुपुत्रका रूपमा जन्मिएका र शिक्षण पेसामा जीवन समर्पित गरी निवृत्त भएका लक्ष्मण तिमिल्सिनाको प्रस्तुत कवितासङ्ग्रह १०० पृष्ठको डिमाइ आकारमा सजिएको र यसमा त्रिपन्नओटा कविता समेटिएका छन् । सङ्ग्रहका कविताले पाठकको मनभित्र पुग्ने भाव सम्प्रेषण गर्ने क्षमता राख्दछन् । कवितामा सामाजिक रूपान्तरणका लागि सङ्घर्षको आह्वान गरिएको छ ।

कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न भएकाे थियाे ।